adv
adv

भिसी बेघालाई पुत्रशोक


दमक, ७ असोज ।
भिसी रामबहादुर बेघा लिम्बूलाई पुत्रशोक परेको छ । बेघाका जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बूको निधन भएको हो ।

क्याप्टेन भक्तबहादुर बेघा लिम्बूको मंगलबार बेलायतको बेजिङस्टकस्थित निवासमा निधन भएको किरात याक्थुङ चुम्लुङ युकेले जनाएको छ ।

बेलायत सरकारले प्रदान गर्ने मध्येकै साहसी युद्ध पदक भिक्टोरिया क्रस (भिसी) पाएका एकमात्र जीवित भिसी रामबहादुर बेघाका जेठा छोरा स्वर्गीय भक्तबहादुर लिम्बू सामाजिक कार्यमा पनि सक्रिय रहेको चुम्लुङ युकेले जनाएको छ । उनी बेजिङस्टक नेपाली समाजको संस्थापक अध्यक्ष थिए ।

स्वर्गीय लिम्बू झापा दमकका स्थायी वासिन्दा पनि थिए । दमक–६ स्थित दमक चोकमा तीन दशकअघि भिसी मार्केट निर्माण गरेर दमकको व्यापार व्यवसाय वृद्धिमा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु