दमक । दमकमा भएको स्व. शान्ताकला स्मृती ब्याडमिन्टन प्रतियोगिता २०७८ खेलको उपाधि इटहरीका भेट्रान खेलाडी श्याम लामा र पूर्ण बुढाले जितेका छन् । फाइनल खेलमा दमकका अविनास राई र घनश्याम खनाललाई २१-९ र २१-७ को सोझो सेटमा पराजित गर्दे प्रतियोगिताको उपाधि चुमेका छन् ।
विजेता टिम इटहरीले नगद २० हजार सहित ट्रफि मेडल प्राप्त गरे भने उपविजेता बनेको दमकले नगद १० हजार सहित ट्रफि मेडलमा चित्त बुझाएका थिए ।
खेल अवधि भरी अम्पायरको भूमिकामा बरिष्ठ ब्यामिन्टन खेलाडीद्वय प्रकास राई र सुदेन राईले निर्वाह गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रम स्व. शान्ताकला स्मृती ब्याडमिन्टन प्रतियोगिता २०७८ खेल संयोजक स्थानीय समाजसेवी संजय लिम्बुको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय दमकका डि.एस.पि. नवराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
दमक ८ स्थीत सौजन्य ब्याडमिन्टन कोर्डको आयोजनामा भएको सो प्रतियोगितामा दमक आसपासका विभिन्न संघसंस्था, व्यापारीहरुको सहयोग समेत रहेको थियो । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरका ३२ टिम सहभागिता रहेको थियो ।