adv

चुलाचुली १ मा ‘किरात श्रीजंघा लिपि लिम्बू भाषा’ कामकाजी भाषाकाे रूपमा प्रयाेग हुने

चुलाचुली। चुलाचुली गाउँपालिका अन्तर्गत वडा नं. १ मा किरात श्रीजंघा लिपि लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्ने भएका छन् । साेमबार वडाकार्यालय परिसरमा कामकाजी भाषा घाेषणा कार्यक्रमकाे आयाेजना गरी किरात श्रीजंघा लिपि  लिम्बु भाषालाइ कामकाजी भाषाकाे रूपमा घाेषणा गरिएकाे हाे।

गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको भएपनि औपचारिक रुपमा भनेसोमबारबाट घोषणसभागरि शरु गरेको हो । चुलाचुलीमा कामकाजी भाषाको रुपमा भने यो पहिलो भाषा हो ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली गाउँपालिकाका शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, लगायतको उपस्थिति रहेको थियो ।

 

सोही अवसरमा वडाकार्यालयका सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । चुलाचुली गाउँपालिका वडा नंं १ का वडाध्यक्ष पुर्ण लावतीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रम बिवस बलिभद्र कोईरालाले संचालन गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु