adv

एमाले विधान महाधिवेशन भोलिदेखि सुरु, हलमा नअटेका प्रतिनिधिलाई टेन्टमा राखिने

काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान महाधिवेशन भोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने भएको छ । महाधिवेशनमा ६ हजारभन्दा बढि प्रतिनिधि सहभागी हुने भएका छन् ।

महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
समितिका अनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मुल हलमा ३ हजार प्रतिनिधि रहनेछन् ।

दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए ।

सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ ।

साँझाको खाना भनेको बास बसेकै स्थानमा वा आफैं व्यवस्थापनमा खानुपर्नेछ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा प्रदेश कमिटीहरुले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइको व्यवस्थापन समितिले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु