दमक। विश्वासालो बचत तथा ऋण सहकारी संस्थाकाे १०औं वार्षिक साधारणसभा सुरू भएकाे छ । दमक ६ मा रहेकाे यस सहकारी संस्थाले आजदेखि तिन दिनसम्म साधारणसभा गर्ने भएको छ ।
संस्थाको कार्यालयमा आयोजित १०औं बार्षिक साधारणसभाको अध्यक्षता अध्यक्ष अशिम राईले गर्नुभएको थियो । सो अवसरमा वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघका उपाध्यक्ष एबम् नवदुर्गा बहुदेश्यीय सहकारी संस्था दमकका अध्यक्ष प्रेम प्रसाद कोइरालाले गर्नुभएको थियो ।
साधारणसभाको प्रमुख अतिथि समेत रहनुभएका सहकारी संघ झापाका उपाध्यक्ष कोइरालाले पानसमा दीप प्रज्वलन गर्नुभएको थियो । त्यस्तैं, सोही अवसरमा प्रमुख अतिथि, सभाका अध्यक्ष, संस्थाका सञ्चालक समिति, लेखा समितिका पदाधिकारी र सदस्यहरुले सामुहिक रुपमा संस्थाको १०औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
सञ्चालक समितिको अध्यक्षमा अशिम राई, उपाध्यक्ष सम्झाना साँवा, सचिव सुमन कुमार राई छन् । त्यस्तैं, सञ्चालक समितिका सदस्यहरुमा नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती र युवराज दंगाल छन् । लेखा समितिको संयोजकमा खेमराज पौडेल, सदस्यहरुमा कविता फागो र माया राई छन् ।
ऋण उपसमिति संयोजकमा अनिमा तामाङ, सदस्यहरुमा निर्मला लावती र नारायण प्रसाद खरेल छन् । धितो मुल्यांकन समितिको संयोजकमा युवराज दंगाल र सदस्यहरुमा अनिमा तामाङ र माया राई छन् ।
त्यस्तैं, संस्थाको कर्मचारीहरुमा व्यवस्थापक हरिप्रसाद दाहाल, लेखापालमा अनमोल तामाङ, क्यासियर प्रसम्सा श्रेष्ठ छन् । त्यस्तैं, बजार प्रतिनिधिहरुमा सुमित सुब्बा, अस्मिता राई र कौसिला ताजपुरिया छन् ।
कार्यक्रममा अध्यक्ष राईले कोरोना भाइरस (काभिड–१९) को संक्रमण अहिलेपनि यथावत रहिरहेकोले संस्थाको १०औं बार्षिक साधारणसभालाई ठूलो संख्यामा उपस्थित गर्न नचाहेको बताउनुभयो ।
महामारीको समयमा संस्थाले आर्थिक बर्ष २०७७।०७८ का कारोबार सम्बन्धी भएको प्रगती विवरणहरुसहितको आगामी आर्थिक वर्ष २०७८।०७९ का निती, कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको प्रतिवेदन सदस्यहरुलाई वितरण गरिने अध्यक्ष राईले बताउनुभयो ।
अध्यक्ष राईका अनुसार संस्थाले १०औं वार्षिक साधारणसभा १५ असोजदेखि १७ गतेसम्म गरिएको छ । आफ्नो अनुकलता समयम मिलाएर साधारणसभामा सहभागि हुन संस्थाका सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झाना साँवाले स्वागत मन्तव्य गर्नुभएको थियो । त्यस्तैं, कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुमन कुमार राईले गर्नुभएको थियो ।