दमक । १३ वर्षकै कलिलो उमेरमा ब्लड क्यानसर (ल्यूकेमिया) बाट पीडित झापा दमक-२ का छितिज साम्सोहाङ लिम्बूको उपचपारमा आर्थिक समस्या भएको छ । चितवनको भरतपुर क्यानसर अस्पतालमा उपचारत छितिजको उपचारमा आर्थिक समस्या भएपछि दमकका सामाजिक अगुवाहरुले छितिज साम्सोहाङ लिम्बू बचाउ अभियान गठन गरेका छन् ।
सोही अभियान मार्फत संकलन भएको सहयोग रुपैया शनिवार दमकमा एक कार्यक्रमबीच रु १ लाख नगद परिवारलाई हस्तान्त्रण गरिएको छ । छितिज साम्सोहाङ लिम्बू बचाउ अभियानका संयोजक आकाश लिम्बूले संकलन गरेको रु १ लाख नगद छितिजका ठूलो बुबा हरि साम्सुहाङलाई हस्तान्त्रण गरेका छन् । छितिज साम्सुहाङ लिम्बू बचाउ अभियानमा सक्रिय युवा अभियानकर्मी र पत्रकारहरुको उपस्थितिमा सहयोग रकम हस्तान्त्रण गरिएको हो ।
क्यानसर पीडित छितिजका बुबा किशोर र आमा पुजा तुम्सा लिम्बू छितिजसँगै भरतपुरमा रहेकोले ठुलो बुबालाई सो रकम हस्तान्त्रण गरिएको अभियानका संयोजक आकाश लिम्बूले पत्रकारहरुलाई बताए ।
छितिज दमकस्थित फाल्गुनन्द चौकमा अवस्थित चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । उनका एक जना दिदी छन् ।
मासु व्यवसाय गरेर जीविका पार्जन गर्ने छितिजका बुबा आमाले अहिलेसम्म २० लाख बढी रकम उपचारमा खर्च भइसकेको परिवार स्रोतले जानकारी गराएको छ । डाक्टरको भनाईलाई उद्रित गर्दै छितिजका ठूलो बुबा हरिका अनुसार उपचारमा २५ लाख रकम खर्च हुने बताएका छन् ।
यता, छितिज साम्सोहाङ लिम्बू बचाउ अभियानलाई प्रभावकारिता बनाउदै लैजाने अभियानका संयोजक आकाश लिम्बूले जानकारी दिए । उनले खासगरी बैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकहरुमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीबाट सहयोग पाउने आशा र विश्वास व्यक्त गर्नुभयो ।
अभियानका प्रचार प्रसार संयोजक रोहन लिम्बूका अनुसार छितिज साम्सोहाङ लिम्बू बचाउ अभियानमा सहयोग जुट्नेक्रम जारी रहेको छ । आज पहिलो चरणमा संकलित सहयोग रकम परिवारलाई हस्तान्त्रण गरिएको हो, प्रचार प्रसार संयोजक लिम्बूले भने ।
सहयोग हस्तान्त्रण कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष्ँ सुसन राई, पत्रकार चिरण घिमिरे, किरात राई विद्यार्थी संघका झापा अध्यक्ष मिलन राई, पूर्व अध्यक्ष शुनिल राई, दिपक लिम्बू लगायतका अभियानकर्मीहरुको उपस्थिति थियो ।हाम्रोसरोकारबाट