adv
adv

अन्तर मिडिया व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहर न्यूजलाई

दमक,२४ असोज ।दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहर मिडियाले जितेको छ ।

दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा आइतवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउँदै जित हासिल गरेको हो । हरप्रहरबाट सुशन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल सहभागी थिए । विजेता टिमले २१–१७,१३–१७ र २१–१७ को अन्तरले जित हासिल गरेको थियो ।

उपाधिसंगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाउनुपरेको आँगन एफएमले नगद ६ हजार,मेडल तथा प्रमाणपत्र पाएको थियो ।

विजेता,उपविजेता खेलाडीहरुलाई नेपाली काँग्रेसकी नेतृ समेत रहेकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले वडादशै,दिपावली ,छैठ पर्वको अवसर पारेर बर्षेनि आयोजना गर्दै आएको खेलकुद कार्यक्रमअन्तर्गत यस वर्ष अन्तरमिडिया कप डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको खेल संयोजक बिष्णु पौडेलले बताए । युनियनका क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा युनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली , नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछानेलगायतले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय लिम्बूवान पत्रकार संघका अध्यक्ष दिलकुमार लावती ,नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बालगायतको उपस्थिति रहेको थियो ।

दमक व्याडमिन्टन क्लवको व्यवस्थापनमा एकदिने सो प्रतियोगितामा दमकसहित झापाका १४ वटा सञ्चार संस्थाले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन युनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु