adv
adv

पहिरोका कारण माङसेबुङमा २ जनाको मृत्यु, २ बेपत्ता

इलामको माङसेबुङमा गएको पहिरो जहा एकै घरको २ जनाको मृत्यु, २ बेपत्ता भएका छन् । फोटो: जगत कोयू राई

जगत कोयू राई । माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नं ६ स्थित चिसोपानिमा पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । पहिरोमा पनि भने २ जना बेपत्ता छन भने २ जनाको उद्दार गरिएको वडाध्यक्ष प्रदिप साङपाङले बताएका छन् ।

पहिरोमा परि मृत्यु हुनेमा २९ वर्षिय कविता राई र ५३ बर्षिय हरि प्रसाद राई रहेका छन् । ८२ बर्षिय रनश्वरी राई र ५३ बर्षिय हरि माया राई बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सोहि स्थानका २५ बर्षिय जनम राई र ५८ बर्षिय भक्त कुमारी राईलाई उद्दार गरि थप उपचारका लागि अस्पताल पठाउनका लागि हेलिकप्टर मगाउदा ल्याण्ड हुन नसक्दा घाइतेहरुको थप यपचारमा समस्या भएको छ  ।

थप विवरण आउन बाँकि ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु