विर्तामोड । नेपाली रास्ट्रिय फुटबल खेलाडी बिशाल राईलाई झापाको विर्तामोडमा सम्मान गरिएको छ ।
आइतबार विर्तामोडको कन्काई कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कन्काई स्ववियु वितामोड र नेप्लिज टिन्सले संयुक्त रूपमा सम्मान गरेको हो ।
उनलाई बिगत लामो समय देखि फुटबलको क्षेत्रमा पुऱ्याएको योगदान र भर्खरै सम्पन्न साफ गेममा नेपालको टोलिबाट गरेको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सम्मान तथा शुभकामना कार्यक्रम राखिएको कार्यक्रम संयोजक किरण गुरुङले बताए । झापा अर्जुनधाराका स्थायी बासिन्दा राई कन्काई कलेजका पूर्व विद्यार्थी पनि हुन् ।
आयोजित कार्यक्रममा झापा ११ फुटबल क्लवका अध्यक्ष जल कुमार गुरुङ , कलेज प्रमुख सुरेश चापागाई , ने. वि . संघ जिल्ला सभापति राजेन्द्र उप्रेती, कन्काई कलेज स्ववियु सभापति संन्जय राई , नेप्लिज टिन्सका संस्थापक मनिष बस्नेत ने. वि . संघ कन्काई कलेजका सदस्यहरु खुम खड्का , भिशन लिम्बू , प्रतिक घिसिङ , सन्देश रिजाल लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन स्ववियु सचिव मिलन चापागाईले गरेका थिए ।