adv
adv

सामुदायिक वनमा बम विस्फोट हुदाँ दुई जना घाइते

सुर्खेत, ६ कात्तिक। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको छ ।  विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु