adv

मुख्यमन्त्री आचार्यले गरे राजीनामा


विराटनगर, १५ कार्तिक ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजिनामा दिएका छन् ।

मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिन प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । तर उनले अन्तिम अवस्थामा राजीनामा दिएका हुन् ।

गत भदौ १० गते पूर्व मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य एमालेबाट मुख्यमन्त्री बनेका थिए । उनको कार्यकाल ६७ दिनको रहयो ।

प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्यलाई सदनमा मन्तब्य राख्ने समय दिएका थिए । उनले पार्टीको बहुमत नरहेको भन्दै राजीनामा दिएको बताए ।

विश्वासको मत लिन गत असोज १५ गते आचार्यले प्रस्ताव दर्ता गराएका थिए ।

सम्बोधनका क्रममा केपी ओली नेतृत्वको सरकारले सङ्घमा गरेका कामको प्रशंसा गर्न समय खर्चेका उनले प्रदेशमा कोभिड नियन्त्रणलगायत कार्यमा आफ्नो कार्यकाल सफल भएको दावी गरेका थिए ।

९३ जना सदस्य रहेको प्रदेश सभामा वहुमतको लागि ४७ सांसद आवश्यक हुन्छ । एमाले इतर गठबन्धनसँग ५० सदस्य छन् ।
एमालेसँग मात्रै ४१ सदस्य छन् । राप्रपाको १ सदस्य हाल कतै खुलेका छैनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु