adv

जसपाले आचार्यविरुद्ध मतदान गर्ने


बिराटनगर, १५ कार्तिक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश १ प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री भीम आचार्यका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ ।

जसपा प्रदेश १ संसदीय दलका नेता जयराम यादवले दिएको जानकारी अनुसार दलको बैठकले मुख्यमन्त्री आचार्यले प्रदेश सभामा पेश गरेको विश्वासको मत लिने प्रस्तावका विरुद्ध मतदान गर्ने निर्णय गरेको हो ।

जसपाका यादवसहित रामचन्द्र लिम्बू र राधा थापा गरि ३ सांसद छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित प्रतिपक्षी गठबन्धनमा रहेको जसपाले यस अघि नै नेकपा एसका राजेन्द्र राईलाई मुख्यमन्त्रीका लागि समर्थन गर्ने सहमति गरिसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु