adv

मिक्लाजुङ र माङसेबुङमा पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न वितरण

सजन राई, पाँचथर । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापका अध्यक्ष मिलन राई र किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिका अध्यक्ष सागर जवेगुको पहलमा पहिरो पिडित क्षेत्रमा पुगेर खाद्यान्न राहत वितरण गरेका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ र इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पुगेर पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको राई विद्यार्थी अध्यक्ष मिलन राईले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार किराती राई र मकाउमा रहने सहयोगी दाताहरुबाट प्राप्त एक लाख ५० हजार बराबरको खाद्यान्न सामग्री खरिद गरि वितरण गरिएको चुम्लुङ अध्यक्ष सागर जवेगुले बताए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अविनाश लावतीको उपस्थितिमा वडाभित्रका पहिरो पिडित ४२ घरपरिवारलाई राहत वितरण गरिएको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिप साङपाङको उपस्थितिमा पहिरो पिडित ४ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा अभियान्ता मिलन राई, सागर जवेगु, समाजसेवि राजन केरुङ, होसि राई, सम्भु राई अनिल थापा लगायतको सहभागिता रहेको थियो ।

गत कार्तिक १ र २ गते परेको अविरल बेमौषमि वर्षाका कारण नेपालका विभिन्न ठाउँहरु बाढि पहिरोले धेरै जनधनको क्षती भएको थियो भने अझै कति बेपत्ता रहेका छन् । जसमा माङसेबुङ गाउँपालिका वडा नं. ६ मा ३ जनाको मृत्यु भएको थियो भने मिक्लाजुङ गाउँपालिकामा २१ जनाको मृत्यु भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु