adv

शारदाद्वारा जन्मदिनमा नारी संचार गृहको अक्षयकोषलाई सहयोग

झापा,२३ कार्तिक ।झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १० हजार एक सय रूपैंया प्रदान गरेकी छिन् ।

मंगलवार आफ्नो जन्मदिनको अवसरमा उक्त रकम नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम,सचिव भूमिका लिम्बू फियाक ,कोषाध्यक्ष ज्योष्ना श्रेष्ठ र सदस्य सुनिरा मैनाली सहितको टोलीलाई प्रदान गरिएको हो ।


मेचीनगरको धुलावारी निवासी खवास पूर्वपत्रकार हुन् । उनले ग्लोबल एफ.एम.,आंगन एफ.एम.,सामुदायिक रेडियो सरगम र रेडियो सनराइजमा करिब सात वर्ष काम गरिसकेकी छिन् ।हाल भने उनी वैदेशिक रोजगारीमा रहेकी छिन् ।

आफु विदेशमा रहेतापनि संस्थाको सक्रियता नियालिरहेको र जानकार भएको खवासले बताइन् । महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्न स्थापना गरेको कोषमा आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुशी भएको बताइन् ।

कोषमा विभिन्न दाताहरूले आफ्नो जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा र विभिन्न संस्थाहरूले सहयोग गर्ने क्रम जारी छ । २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा २० लाख रुपैयाँ बढी रकम संकलन भईसकेको अक्षयकोषका संयोजक रेजिना गौतमले जानकारी दिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु