सजन राई/माङसेबुङ इलाम,२७ कार्तिक । इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेको गाउँ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार खुल्ला सत्र र बन्द सत्र गरि अधिवेशन् दुई भागमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरू माङसेबुङ ३ र ४ का सोम कुमार राई, राम जित लिम्बु, भगिश्वर लिम्बु, राम माया लिम्बु, हर्क बहादुर लिम्बु, मन बहादुर लिम्बुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायि कमिटि सदस्य तथा प्रदेश १ इन्चार्ज सुवासचन्द्र नेम्बाङले खदा ओडाइ सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले इलाम जिल्ला कमिटि अध्यक्ष राम राना, प्रवास कमिटि दक्षिण कोरिया सचिव तगेन्द्र राई, माङसेबुङ शिक्षक संगठन अध्यक्ष दाताराम खनाल, प्रदेश कमिटि सदस्य राजकुमार थापा, इलाम जिल्ला कमिटि सचिव महेश बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
एमाले माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त माक्रिहाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माङसेबुङ कमिटि उपाध्यक्ष मित्र खड्काले गरेका थिए । स्वागत मन्तव्य क्षेत्रिय कमिटि सदस्य तथा आयोजक मैतराज राईले गरेका थिए ।
त्यस्तै राति अबेर सम्पन्न बन्द सत्रमा माङसेबुङ कमिटिमा हेमन्त माक्रिहाङ राई अध्यक्षमा र सचिवमा सुनिता सुब्बा सर्वसम्मत निर्विरोध चुनिए भने उपाध्यक्ष र सह सचिवको टुङ्गो चाडैँ हुने अधिवेशन निर्वाचन संयोजकले बताए। ४३ सदस्यिय गाउँ कमिटि निर्वाचित समितिमा अध्यक्ष र सचिव यस अघिकै समितिबाट दोहोरिएका हुन ।