adv
adv

दमकबाट तास, नगद सहित ९ जना जुवाडे पक्राउ

दमक । झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, दमक ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।

मंगलबार बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु