adv

फान्ससेली स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर, एक वर्ष निलम्बित

फ्रान्ससेली फुटबल स्ट्राइकर करिम बेन्जिमा

काठमाडौं । सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा फ्रान्ससेली फुटबल स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् ।

बीबीसीका अनुसार उनलाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवानाको सजाय सुनाइएको छ ।

म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

यो २०१५ जुनको घटना हो, जतिबेला बेन्जिमा र म्याथ्यू दुबै फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षणमा थिए । बेन्जिमाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यो घटनापछि फ्रान्सको राष्ट्रिय टोलीबाट समेत बाहिर भएका बेन्जिमालाई हालै मात्र राष्ट्रिय टोलीमा पुनरागमन गराइएको थियो भने उनले रियल मड्रिडबाट खेल्दै आएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु