adv

जसपाको प्रदेश १ स्तरीय पार्टी समायोजन सम्पन्न, अध्यक्षमा चाम्लिङ

दमक, ८ मंसिर ।

इटहरीमा मंगलबार जसपा प्रदेश नम्बर १ को समायोजन घोषणापछि अध्यक्ष चाम्लिङलाई बधाइ दिँदै प्रमुख अतिथि परशुराम बस्नेत ।

जनता समाजवादी पार्टी नेपालको प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ ।

मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश १ मा सम्पन्न समायोजनले प्रवीण चाम्लिङको अध्यक्षतामा जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को १ सय ३३ सदस्सीय समिति घोषणा गरेको हो ।

पूर्व समाजवादीतर्फबाट १ सय १८ र पूर्व राजपातर्फबाट १५ जना गरी १ सय ३३ सदस्यीय समितिमा अध्यक्ष बाहेक समाजवादीका १० र राजपाका ४ पदाधिकारी छन् ।

घोषित १ सय ३३ सदस्यीय प्रदेश समितिमा ७ उपाध्यक्ष, १ मुख्य सचिव, ५ सचिव र १ कोषाध्यक्ष छन् । त्यस्तै सल्लाहकार प्रमुख, प्रदेश विज्ञ परिषद् प्रुमख, निर्वाचन आयोग प्रमुख, अनुशासन आयोग प्रमुख र लेखा आयोग प्रमुख गरी ५ निकायका प्रमुखहरुको हैसियत पनि पदाधिकारी सरह हुने जसपाको अन्तरिम विधानमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश पार्टी समायोजन कार्यदलका सदस्य परशुराम बस्नेतले समायोजित समितिको नामावली घोषणासहित सपथ गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुज अभियान प्रदेश नम्बर १ सदस्य सचिव समेत रहेको बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लग्न प्रदेशका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका थिए ।

प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न समायोजन कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश मेहत्ताले स्वागत गरेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले जसपा निकट सुकुम्बासी समितिको प्रदेश १ स्तरीय समिति घोषणा गरेका थिए ।

त्यस्तै समायोजन कार्यक्रम सकिए लगत्तै बसेको जसपा प्रदेश नम्बर १ को बैठकले यसअघि पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।

मुख्य सचवि प्रुभराम श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले झापाको भद्रपुरदेखि सुनसरीको भण्टाबारीसम्म हुलाकी मार्ग केन्द्रीय सुज अभियानको प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको आवश्यक समन्वय गर्ने जिम्मेवारी अध्यक्ष चाम्लिङलाई दिइएको छ ।

त्यस्तै बैठकले यसअघि मंसिर १ गते सम्पन्न पदाधिकारी बैठकले थप गरेका ८ जना प्रदेश सदस्यहरुको नामावली अनुमोदन गरेको श्रेष्ठले बताए ।

हेर्नुस् नामावली :

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु