adv

जनता समाजवादी पार्टी कमल ५मा याम लिम्बू

वडासमायोजन पश्चात सामुहिक तस्वीर खिचाउदै

कमल । जनता समाजवादी पार्टी कमल गाउँपालिका वडा नं. ५ को वडासमायोजन सम्पन्न भएको छ । पार्टीको सुज अभियान अन्तर्गत वडा समायोजक सम्पन्न भएको हो ।

वडाभेलाबाट याम लिम्बुको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कविन राई, सचिवमा हेम्न्त लुईटेल, सहसचिवमा सन्तोष सुनुवार (मुखिया, र कोषाध्यक्षमा निमला तामाङ रहेका छन् ।

वडा कमिटि अध्यक्ष बविन आङदेम्बेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीयय सदस्य तथा सुज अभियान झापा क्षेत्र नं. ५ संयोजक हरिदेवि राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्य नित्यानन्द ताजपुरीया, मान बहादुर राई, देउकुमार नेम्बाङ, घनराज सुब्बा, जिल्ला अध्यक्ष दिपेनबाला राई जिल्ला सचिवालय सदस्य भोजकुमार राई, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम कमल गाउँपालिकाका सचिव विद्यापति तिम्सिनाले सञ्चालन गरेको थियो भने गाउँ कमिटि अध्यक्ष प्रेम कुलुङ राईले स्वागत मन्तव्य राखेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु