झापा । झापाको शिवसताक्षी जारी प्रथम एनी फाक्तेप गोल्डकपमा जलथल एफसी हल्दिबारी सेमिफाइनलमा प्रवेश गरेको छ । रोयल स्पोर्टिङ क्लब दमकलाई २–० गोलले पराजित गर्दै जलथल सेमिफाइनल प्रवेश गरेको हो ।

जलथलले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गर्दै अन्तिम चारमा स्थान आफुलाई सुरक्षित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा जलथलका लागि श्याम मुर्मुले पहिलो हाफको २३औँ मिनेटमा गोलको खाता खोलेका थिए ।
यसैगरी, राजकुमार कन्दङवाले जलथलका लागि दोस्रो खेलको इन्जुरी समयमा गरे । खेलको म्यान अफ दी म्याच जलथलका राजकुमार कन्दङवा घोषित भए । उनलाई झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले नगद ३ हजारसहित ट्रफी प्रदान गरे ।

फाक्तेप फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् । सोमबार सुनसरीको धरान सिटी र इलामको माइभ्याली स्पोर्टि क्लबबीच प्रतिस्पर्धा हुने ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।