adv

आत्मानन्द कपः आज पाँचथर र झापा ११ भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता अन्तर्गत आज सोमबार फिदिम स्पोर्टिङ क्लव पान्थर र झापा ११ झापाबीच तेस्रो खेल हुनेछ ।

सोमबार अपरान्ह २ बजे हुने प्रतियोगिताको विजेताले माङसेबुङ खेलकुद विकास समितिसँग सेमिफाइनल खेल्ने छ । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु