adv

माओवादी केन्द्र माङसेबुङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः खम्बु

माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकाको प्रथम अधिवेशनबाट पुनः लक्ष्मण (जनम) खम्वु अध्यक्षमा निर्वाचित भएका छन् । माङसेबुङको चतुरेमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत खम्बु निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकाको प्रथम अधिवेशनमा उपस्थित अतिथिहरू

अधिवेशनबाट उपाध्यक्षमा देवि कुमार लिम्बु, नर बहादुर आङदेम्बे र पृथीमान चवेगु निर्वाचित भएका छन् । त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिव सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर निर्वाचित भएका छन् ।

कार्यक्रमको अवसरमा पार्टीमा विभिन्न माध्यमबाट योगदान गरेका ४२ जनालाई सम्मान समेत गरिएको आयोजक समितिले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकाको प्रथम अधिवेशनमा उपस्थित सहभागिहरू

माओवादी केन्द्र माङसेबुङ गाउँपालिका अध्यक्ष लक्ष्मण राईको अध्यक्षतामा तथा पार्टीका जिल्ल कार्यालय सदस्य सोनाम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला महिला अध्यक्ष समिक्षा खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रका माङसेबुङ सचिव डकिन्द्र लिम्बुको सञ्चालन रहेको थियो भने वडा नं. २ का निवर्तमान अध्यक्ष पृथीमान चवेगुले स्वागत मन्तव्य राखेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु