adv
adv

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको तयारी पुरा, १० पालिका सहभागि हुने

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता मंसिर १४ (भोलि) देखि केरखा खेल मैदानमा हुनेछ ।

झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहने खेल समितिका संयोजक सुदिप राईले बताए ।

संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ । प्नतियाेगिता अपरान्ह १ बजे देखि सुरू हुनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु