adv
adv

आत्मानन्द कपः आज पाहुना टोली दार्जिलिङ भारत र मोरङ भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता अन्तर्गत आज मंगलबार  पाहुना टोली माने भञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्लब मोरङबीचबीच प्रतियोगिता हुनेछ ।

मंगलबार अपरान्ह २ बजे हुने प्रतियोगिताको विजेताले सेमिफाइनलको यात्रा तय गर्ने छ । विजेता टोलीले सेमिफाइनलमा भाङबारी फुटबल क्लबको सामना गर्नेछ । रेडहर्स इलामलाई फराकिलो गोलअन्तरले पराजित गर्दै भाङबारी फुटबल क्लब दमक सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु