adv
adv

आत्मानन्द कप: पहिलो सेमिफाईनल खेलमा माङसेबुङ र फिदिम भिड्दै

माङ्सेबुङइलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता अन्तरगत पहिलो सेमिफाईनल खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र फिदिम स्पोर्टिङ क्लव पाँचथरबीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज (बुधबार) अपरान्ह २ बजे हुने प्रतियोगिताको पहिलो सेमिफाईनल खेल अन्तरगत माङसेबुङ र फिदिमबीच प्रतिस्पर्धा हुनेछ ।

माङसेबुङ खेलकुद विकास समितिले गोधुली क्बल सुनसरीलई ३-१ को नतिजा निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो भने फिदिम स्पोर्टीङ क्लब पाँचथरले झापा ११लाई पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने आयोजक समितिले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु