adv

आत्मानन्द कपः सनमको ह्याट्रिकसँगै मोरङ सेमिफाइनल प्रवेश, पाहुना टोली दार्जिलिङ पराजित

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४ औं संस्करण अन्तर्गत डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ स्पोपोर्टिङ क्लब दार्जिलिङ क्वाटरफाइनलबाट बाहिरिएको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा आज (मङगलबार) भएको खेलमा माने भञ्ज्याङ फुटबल क्लव दार्जिलिङ, भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिरिजङगा स्पोर्टिङ क्लव मोरङ प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको २७ औं मिनेटमा मोरङको तर्फबाट सनम भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरि खेलको ३७औं मिनेटमा सन्तोष न्यौपाने गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको सुरुरवाती समयदेखिनै दार्जिलिङ माथि हावि भएको सिरिजङगाले खेलको ४० औं मिनेटमा पुनः सनम भूजेलको गोलमा अग्रता तेब्बर बनाए भने, दोश्रो हाफको खेलको ४६ औं मिनेटमा पुनः सनम भूजेलले ह्याट्रिक गोल गर्दै ४–० को अग्रता बनाए ।

त्यपछि खेलको ५० औं मिनेटमा दार्जिलिङका निश्चल राईले एकमात्र सान्तावना गोल फार्काएका थिए । खेलको म्यान अफ द म्याच मोरङका सन्तोष भूजेल घोषित भए ।

प्रतियोगिता अन्तरगत भोलि (बुधबार) माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र फिदिम स्पोर्टिङ क्लव पान्थर विच अपरान्ह २ वजे पहिलो सेमिफाईनल खेल हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र सिरिजङगा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो०, धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु