adv

आत्मानन्द कपः बिबिएफसी दमक उपाधि नजिक

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगितामा बिबिएफसी दमक झापा फाईनल प्रवेश गर्दै उपाधि नजिक पुगेकाे छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा आज (बिहिबार) भएको दोस्रो सेमिफाईनल खेलमा सिरिजङगा स्पोर्टिङ क्लव मोरङलाई ३–० ले हराउदै बिबिएफसी दमक फाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको पाँचौ मिनेटमा किस्मत लिम्बूले गोल गर्दै दमकलार्ई अग्रता दिलाए । त्यसपछि खेलको १६ औं मिनेटमा बिकेश लिम्बूले गोल गर्दै अग्रता दोव्वर बनाए ।

यसैगरि खेलको ५२ औं पुनः किस्मत लिम्बूले गोल गर्दै दमकलाई ३–० ले जित दिलाए । दमकका किस्मत लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए ।

यस जित सँगै बिबिएफसी दमक झापाले फाईनलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम सँग भेट पक्कम गरेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित प्रतियोगिता अन्तरगत फाईनल खेल भोलि ९शुक्रबार० माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र बिबिएफसी दमक, झापा विच अपरान्ह २ वजे हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु