adv
adv

आत्मानन्द कपः उपाधिका लागि बिबिएफसी दमक र माङसेबुङ भिड्दै

माङ्सेबुङ । इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगितको उपाधिका लागि आज भाङबारी फुटबल क्लव दमक झापा र माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिबीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज शुक्रबार अपरान्ह २ बजे हुने प्रतियोगिताको फाइनल खेल अन्तरगत झापा र माङसेबुङबीच प्रतिस्पर्धा हुनेछ ।

भाङबारी फुटबल क्लव दमकले श्रीजङ्गा स्पोर्टीङ क्लव मोरङलाई फराकिलो नतिजा निकाल्दै फाईनल प्रवेश गरेको थियो भने माङलेबुङले फिदिम स्पोर्टीङ क्लव पाँचथरलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु