adv
adv

दमकमा हुने खेलकुद महासंघको प्रदेश भेलामा पार्टी अध्यक्ष माधव नेपाल आउने

दमक । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटिको प्रथम ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल दमक आउने भएको छ ।


कार्यक्रमको बारेमा जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि मंसिर २० गते (भोलि) सम्पन्न हुने सो भेलामा सहभागि हुन पार्टी अध्यक्ष नेपाल आउने जानकारी गराएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष, तथा पूर्वप्रधानमन्त्री नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशब कुमार बिष्ट लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

उद्घाटन सत्रमा बृहत जनसहभागिता सहित पार्टी प्रवेश कार्यक्रम समेत हुने जानकारी गराएका छन् । उद्घाटन समारोह पछि प्रशिक्षण कार्यक्रममा १ नम्बर प्रदेश भरीका ७ सय प्रतिनिधि, पर्यवेक्षक र खेलाडीहरुको सहभागिता रहने छ ।

नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, प्रदेश सदस्य केन्द्र प्रसाई, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मि, जिल्ला सचिव मणि भण्डारी, दमक नगर अध्यक्ष महेश घिमिरे, सहसचिव अनिलदेव राई, विद्यार्थी नेता रोशन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु