adv

आईएमई लाईफ इन्स्योरेन्सद्वारा एजेन्सि मेनेजर क्षमता अभिवृद्धि तालिम सम्पन्न

विर्तामोड। आईएमई लाईफ इन्स्योरेन्स कम्पनिले प्रदेश अन्तर्गत मेची क्षेत्रको एजेन्सि मेनेजरहरुलाई लक्षित गरि क्षमता विकास तथाउत्प्रेरणात्मक तालिम सम्पन्न गरेको मंसिर १६ देखि १८ गते सम्म सञ्चालित सो तालिम शनिबार सम्पन्न भएको थियो

विर्तामोड स्थीत हनुमान कम्प्लेक्समा रहेको शाखा कार्यलयमा सम्पन्न तालिममा पूर्णकालिन रुपमा काम गर्न इच्छुक रहेका ६० जनाएजेन्सि मेनेजरहरु सहभागी भएका थिए

अरु पेशा नगरि अभिकर्ता भै फुलटाइमर इन्स्योरेन्समा काम गर्न मन भएका एजेन्सि मेनेजरहरुलाई लक्षित गरि दिइएको तालिममा मेचीभरिबाट छानिएर सहभागि भएका यो तालिम बिलकुल  फरक पृथक तरिकाले सञ्चालन गरिएको विर्तामोड शाखा प्रमुख महेन्द्र तिमल्सिनाले बताए

यो तालिमले एजेन्सिहरुमा क्षमता अभिवृद्धि भै व्यापार पनि वृद्धि हुने भएकोले यस प्रकारका तालिमहरु अब भइरहने प्रदेश प्रमुख मिलन दाहालले बताए

दिन चलेको तालिममा चिफ एजेन्सि मेनेजरहरु मनु साम्पाङ, हरि खनाल, हरिशरन लम्साल, चन्दन शाह लगायतले आफ्नो अनुभव सेयर गरेका थिए भने प्रदेश उपप्रमुख ओम प्रकाश राईले सेल्स प्रोसेसको बारेमा जानकारी गराए

त्यस्तै चिफ एजेन्सि मेनेजरहरु नगेन्द्र श्रेष्ठले गोल सेटिङ आयको बिषयमा, याम कुमार राईले क्लाइन्ट ह्यान्डलिङ, मोहन बेघा दिनेश पोखरेलले बीमा पोलिसि आदिको बिषयमा प्रष्ट पारेका थिए

विर्तामोडभद्रपुर दमक शाखा प्रमुखहरु क्रमशः महेन्द्र तिमल्सिना, केशव पौडेल देवेन्द्र कोइरालाले सञ्चालन गरेको कार्यक्रमको बीचबीचमा मनोरञ्जनात्मक खेलहरू समेत  गरिएकोले तालिम अवधि छोटो भएको जस्तो आभास भइरहेको सहभागि एजेन्सि मेनेजर ससिताराईले बताए

यस तालिममा समुह व्यक्तिगत रुपमा विभिन्न विधामा उत्कृष्ट सहभागिहरुलाई पुरस्कृत गरिएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु