adv

‘सप्तरङ्ग–३’ मंसिर २४ गतेदेखि हुने

                          सप्तरंग ३ को पोष्टर

काठमाडौं । नेपालका सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ कार्यक्रम हुने भएको छ । सोमबार आयोजित एक कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले मंसिर २४ गतेदेखि ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । ७ प्रदेशमा आयोजना भएको यो कार्यक्रम पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।

काँकडभिट्टामा मंसिर २४ गते, २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरङ्ग–३’ मा महानायक राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन् ।

विगत पाँच वर्ष देखी गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू गर्दै आएको छ।

यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिनेछ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु