adv

लागु औषधसहित झापाबाट दुई जना भारतीय नागरिक पक्राउ

       लागु औषध अफिमसहित पक्राऊ परेका भारतीय नागरिक 

झापा । लागु औषध अफिमसहित झापाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पन्जाब राज्यको फ्रोजपुर जिल्ला घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

डिएसपी पाठकका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरूलाई ११ ग्राम अफिमसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु