adv
adv

बिर्तामोडमा सवरी दुर्घटना हुदाँ १ जनाको मृत्यु

झापा, पौष ६ गते । झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी-१० का ४० बर्षिय यामनाथ राय रहेका छन । हिजो राती ८ बजे बिर्तामोड-१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर-३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु