adv

सभापति देउवालाई किरात धर्मगुरुको शुभकामना सन्देश, ज्ञापन पत्र

किरात धर्म गुरू गुरूआमा /फायल तस्वीर

काठमाडौं । किराँत धर्मगुरु आत्मनन्द लिङदेन सेइङ तथा गुरुआमा पवित्रहाङमा साम्बाको तर्फबाट नव निर्वाचित कांग्रेस सभापति शेर बहादुर देउवालाई शुभकामना सन्देश साथै ज्ञापन पत्र बुझाइएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा

नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काको संयोजनमा धर्मगुरुका निजी सचिव खडग साम्बा कानुनी सल्लाहकार एनएस फागोलगायतले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

शुभकामना सन्देश र ज्ञापन पत्र बुझाउदै

नेपाली कांग्रेस माङसेबुङ गाँउपालिका इलामका उपसभापति यलम्बर साम्बा आर्युवेद प्राविधिक भगिहाङ नेम्बाङ, सोम लिम्बु, आत्मा पवित्र गौशालाका अध्यक्ष बीरबहादुर आङला गौशालाकै कोषाध्यक्ष खडग खालिङको उपस्थितीमा सोमबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु