adv

दमकमा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

शिविरका वारेमा आयोजक फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पा

झापा,९ पुष । झापाको दमकमा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । दमक–७ वडा कार्यालय पशुहाटमा हुने शिविरमा मुटु रोग सम्बन्धि समस्या र जनरल चेकअप हुने बताइन् ।

दमक नगरपालिका, फाउण्डेसन र विपन्नका लागि स्वास्थ्य नेपालको संयुक्त आयोजनामा शिविर हुन लागेको हो । शिक्षण अस्पाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको प्राविधिक सहयोग रहेको शिविर ११ सम्म चल्नेछ ।

काठमाडौंका प्रतिष्ठित अस्पतालका चिकित्सकले मुटुको जाँच र परामर्श दिनेछन् । शिविरको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अध्यक्ष शेर्पाले बताइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु