धनकुटा । नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ धनकुटामा प्रर्दशन हुने भएको छ । चलचित्र घरजम प्रर्दशन समिति धनकुटाको आयोजनामा पुष १० गते शनिबार केडिबी सिनेमा हलमा बिहान १२ बजे प्रर्दशन हुन लागेको हो ।
मौसम इम्बुङ लिम्बु (फुःलेन्देको बाउ) को निर्देशन रहेको चलचित्र घरजमको छायांकन युवराज राईले गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।
चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुसल थलङ, शुष्मा लिम्बु, भरतमणी पौडेल, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, ईसिका जबेगु, जीवन भट्टराई, दिनेश माङमु, रबी शेर्मा, सीता कुमारी तुम्बापो, लक्ष्मी योङ्हाङ आयुषा लिम्बुखिम, शैलेन्द्र थेबे, नुनाम केरुङ, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ लगायतको अभिनय रहेको छ ।
रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको घरजमको निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । उनिहरुले यसअघि चलचित्र ‘थात्थलो’ को निर्माण गरिसकेका छन् ।
धनकुटामा यसअघि नै प्रदर्शनको तयारीमा मिती तय गरेतापनि कोरोना महामारीको दोश्रो भेरियन्टका कारण घरजम यही पुष १० गते प्रर्दशन गर्न लागेको प्रर्दशन समितिको भनाई छ । यसअघि काठमाडौं, धरान, झापा लगायतको विभिन्न हलहरुमा प्रिमियर शो गरिएको थियो ।