adv

शिक्षक सेवा आयोगका तयारी कक्षाहरु दमकमा सञ्चालन हुदै

दमक । शिक्षक सेवा आयोगका तयारी कक्षाहरु झापाको दमकमा नै भइरहको छ । दमकमा सञ्चालित गोल्डेन गेट इन्स्टिच्यूटमा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहरुको तयारी कक्षाहरु भइरहेका छन् ।

शिक्षक सेवा तयारी कक्षाको प्रथम पत्र र द्वित्तीय पत्र अनुभवि प्रशिक्षकहरुबाट अध्यापन गराइनुका साथै दैनिक टेष्ट र साप्ताहिक टेष्टको व्यवस्था रहेको सञ्चालक सदस्य विशाल देवानले बताए । शिक्षक सेवा आयोगसँगै लोकसेवा आयोगको अधिकृत, नायव सुब्बा र खरिदार तहगत तयारी कक्षाहरु समेत अध्यापन गराइरहेको बताए ।

स्नातक तह बिएड, बिए, बिबिएसका सम्पूर्ण विषयहरु, प्लसटुका विज्ञान विषयका कक्षाहरु, कक्षा ८, ९ र १० को सम्पूर्ण विषयहरुको ट्युशन कक्षाहरु सञ्चालन गरिनुका साथै प्राइभेट एसइइको समेत व्यवस्था रहेको जनाएको छ ।

कोरियन भाषाको तयारी कक्षाको साथै विशेष कक्षाको समेत व्यवस्था रहेको छ भने जापानीज भाषाको एन फाइभ, एन फोर, एन थ्रि लेभलको सम्पूर्ण तयारी कक्षाहरु भइरहेको छ । साथै आइइएलटिएस, पिटिइ को कक्षाहरु समेत भइरहेको सञ्चालक देवानले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु