adv
adv

फोनिज महाधिवेशन चितवनको सौराहामा हुने

दमक, १६ पुष ।

फोनिज सातौं संघीय महाधिवेशनको लागि तयार पारिएको लोगोसहितको ब्यानर ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ ।

यसअघि कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न संघीय समितिको बैठकले माघ ७ र ८ गते महाधिवेशनको मिति तोके पनि महाधिवेशनस्थल बारे भने टुङ्गो लगाएको थिएन ।

शुक्रबार बसेको फोनिज संघीय सचिवालयको बैठकले महाधिवेशनस्थल चितवन सौराहा हुने निर्णय गरेको अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।

बैठकले पुष २१ गतेभित्र बाँकी रहेका जिल्ला शाखाहरुको अधिवेशन अनिवार्य गरिसक्नुपर्ने समेत निर्णय गरेको हो । फोनिजका ९० प्रतिशत संख्यामा जिल्ला शाखामा अधिवेशन सम्पन्न भइसेको र बाँकी जिल्लाहरु रहेको फोनिज संघीय समितिले जनाएको छ ।

ककनी बैठकले फोनिज प्रादेशिक समितिहरुको महाधिवेशनका लागि भने एकै दिन पुष २४ गतेको मिति तय गरेको छ ।

सातौं संघीय महाधिवेशनमा सात प्रादेशिक समिति, ५८ बढी जिल्ला शाखा र ७ बढी विदेश शाखाका ४२५ बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु