काठमाडौं, १५ पुष ।

बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप जितेको नेपाली राष्ट्रिय महिला भलिबल टिम बिहीबार स्वदेश फर्किएको छ ।
प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । महिला टोलीसँगै चौथो भएको पुरुष टोली पनि स्वदेश फर्किएको हो ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले स्वागत गरेका थिए । टोलीलाई बाजा बजायर स्वागत गरिएको थियो ।
मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्न सफल भयो भने पुरुष टोलीले चौंथो स्थानमा चित्त बुझाएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै उपाधि रक्षा गरेको हो ।
पुरुषतर्फ भने ५ टिम सहभागी रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसँग पराजित भएको थियो ।