adv

माओवादी केन्द्रको आग्रहमा संसद् बैठक स्थगित

काठमाडौं, १८ पुष ।

प्रतिनिधि सभा बैठक । फाइल फोटो

आज आइतबार दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक स्थगन भउको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आग्रहमा आइतबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

माओवादी केन्द्रले आफ्नो पार्टीको आठौं महाधिवेशनको बन्दसत्र जारी रहेको कारण देखाउँदै प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको संसद् सचिवालयको भनाइ छ ।

संघीय संसद् सचिवालयका अनुसार अब पुष २२ गते प्रतिनिधि सभाको अर्को बैठक बस्नेछ ।

बैठकका कार्यसूचि तयार गर्न आइतबार बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको संसद् सचिवालयको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु