adv

कुम्मायक १ का वडाध्यक्ष लावती जसपामा प्रवेश

फिदिम, १८ पुष ।

जसपामा औपचारिक पार्टी प्रदेश गरेपछि नवप्रवेशीका तर्फबाट बोल्दै कुम्मायक १ का वडाध्यक्ष देवेन्द्र लावती ।

पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावती शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।

पाँचथरको कुम्यायकस्थित यासोक बजारमा जसपाको स्थानीय समितिले आयोजना गरेको आमसभाका बीच वडाध्यक्ष लावती पार्टी प्रवेश गरेका हुन् ।

उनीसहित यासोक क्याम्पसका प्रमुख कर्ण लावती, शिक्षासेवी देबेन्द्रप्रसाद लावती, राप्रपा पूर्व जिल्ला उपाध्यक्ष बिश्वेश्वर बेघालगायत ५ सय बढी मानिस जसपामा प्रवेश गरेको जसपा पाँचथर जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण लावतीले दावी गरे ।

जसपा पाँचथरले आयोजना गरेको सभामा पार्टीका सघीय परिषद् अध्यक्ष डा. वावुराम भट्टराईले प्रमुख अतिथिको आसनबाट बोल्दै मुलुक रूपान्तरणका लागि भीडको पछि लागेर नभई मुलुकका समास्या समाधानका लागि जुट्नुपर्ने दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य तथा पूर्वमन्त्री रकम चेमजोङ, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ सरकारका सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सल्लाहकार प्रद्यापक डा.महेन्द्र सुन्दर लावतीलगयतले पार्टीको विचार बारे बोलेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु