adv
adv

प्रेस चौतारी झापामा गदाल

दमक, २० पुष ।

अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गदाल । फोटो मनकुमार गदालको फेसबुकबाट साभार ।

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी झापाको ९ औँ झापा जिल्ला अधिबेशनले मनकुमार गदाललाई सर्वसम्मत अध्यषमा निर्वाचित गरेको छ ।

सोमबार गौरादह ५ को महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाको नमूना पाहुना घरमा सम्पन्न जिल्ला अधिबेशनले गदालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा प्रदीप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सह–सचिवमा अच्युत सुवेदी र तिलक योञ्नन र कोषाध्यक्षमा सरोज चौंलागाई निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा क्रमशः भूमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुडाल, लक्ष्मीप्रसाद अधिकारी, रूपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरेलगायत रहेका छन् ।

अधिबेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु