adv

नारी सञ्चार गृहको अक्षयकोषमा दमक नगरपालिकाको तीन लाख सहयोग

चेक हस्तांतरण गर्दै दमक नगरपालिका उपप्रमुख गीता अधिकारी

झापा । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो ।

नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहका अध्यक्ष भीमा सिवाकोटीलाई हस्तान्तरण गरिन् ।

उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा आबद्ध महिला पत्रकारले समाज रूपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले उनीहरूले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताइन् ।

नारी सञ्चार गृह विसं २०६८ मा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् ।

तीन वर्षअघि अक्षयकोषको स्थापना गरिएको हो । अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत बापतको रकमसमेत जम्मा गर्दै आएको सिवाकोटीले बताइन् ।

अक्षयकोषका लागि कमल गाउँपालिकाले ५० हजार र अर्जुनधारा नगरपालिकाले एक लाख ५० हजार सहयोग गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु