adv

विपन्न परिवारका बालबालिकालाई स्वेटर वितरण

दमक, २३ पुष ।

स्वेटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ने का दमक नगर सभापति प्रसाईं ।

नेपाली काङ्ग्रेसको दमक १ स्थित वडा समितिले दमक २स्थित भृकुटी आधारभूत विद्यालयका १ सय विपन्न परिवारका छात्रछात्रालाई स्वेटर वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच काङ्ग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंको उपस्थितिमा न्यानो स्वेटर वितरण गरिएको नेका दमक १ का वडा सभापति गजेन्द्र देवानले जानकारी दिए ।
कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत विपन्न परिवारका १०० जना बालबालिकालाई जाडोबाट बच्न सजिलो होस् भनेर स्वेटर वितरण गरिएको देवानको भनाइ छ । कार्यक्रममा नेका दमक नगर उपसभापति सागर खनाल, सचिव रामचन्द्र अधिकारी र वडाका क्षेत्रीय प्रतिनिधि संगम राईको उपस्थिति रहेको थियो ।
नेका नगर सभापति प्रसाईं र दाता राजु गुप्तासहित आफूहरुले ३० हजार बराबरको स्वेटर खरिद गरेर वितरण गरिएको उनले बताए ।

यसअघि पनि देवानले आफ्नो एकल लगानीमा इलामको माङसेबुङ ४ स्थित सिमलटार आधारमूत विद्यालयका ७८ जना छात्रछात्रालाई ट्राकसुट वितरण गरेका थिए । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर ५६ हजार बराबरको ट्राकसुट वितरण गरिएको उनको भनाइ छ ।
विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन सहयोग गरिएको देवान बताउँछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु