adv
adv

फोनिज बागमती प्रदेश समितिमा युवराज

            नवनिर्वाचित समिति सपथ ग्रहण गर्दै

दमक, २२ पुष ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । पुष २१ र २२ गते हेटौंडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको समिति सर्वसम्मत निर्वाचित भएको हो ।

फोनिज बागमती प्रदेश इन्चार्ज एवम् सङ्घीय प्रतिनिधि समीर बलामीले दिएको जानकारी अनुसार निर्वाचित उपाध्यक्षहरुमा राजेश रुम्बा,उपाध्यक्ष र डोल्मा शेर्पा (महिला), महासचिवमा श्याम राना मगर, सचिवहरुमा राजु नापति (सस्थागत) र शिशिर दोङ (संगठन) छन् भने कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा महिलातर्फ पासाङ शेर्पा, मिना श्रेष्ठ र कमला तामाङ (अस्मि) निर्वाचित भए भने सदस्यहरुमा पुर्णबहादुर मगर(विशाल), उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ छन् ।

सस्थागत सदस्यतर्फ रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी  र हिरालाल गुरुङ चयन भए ।
त्यस्तै लेखा संयोजकमा राजेन्द्र मानन्धर निर्वाचित भए भने सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी चयन भए ।

अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ निर्वाचित भए भने सदस्यहरुमा रिदेन महर्जन र रसिया श्रेष्ठ चयन भए ।

प्रादेशिक महाधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा पूर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामालाई चयन गरेको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु