adv
adv

आइतबार अत्यधिक बढे कोरोना संक्रमित

दमक, २५ पुष ।


आइतबार नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या अत्यधिक बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानारी अनुसार आइतबारको परीक्षणमा मात्रै १ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

देशभर १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा यतिको संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये ६ सय १५ जना काठमाडौं उपत्यकाभित्रका हुन् भने बाँकी उपत्यका बाहिरका हुन् ।

आइतबार संक्रमितको संख्या थपिएसँगै नेपालमा कुल ९ लाख ३० हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ११ हजार ६ सय ४ जना कोरोना संक्रमित भएका व्यक्तिहरुको मृत्यु भएको छ । कोरोना संक्रमित भई निको हुनेहरुको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन् । तीमध्ये ६ हजार १ सय २७ जना होम आइसोलेसनमा र ६ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७७ जना संक्रमितको आईसीयू र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु