adv

सहकारीले संस्कार सिकाउनु पर्ने मन्त्री यादवको सुझाव

विराटनगर, २५ पुष ।

साधारणसभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री यादव । तस्वीर : मन्त्री यादवको निजी सचिवालय ।

सहकारी संस्थाहरुले बचतसँगै संस्कार पनि सिकाउनु पर्ने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुझाव दिएका छन् ।

जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको उद्घाटन गर्दै आइतबार मन्त्री यादवले यस्तो सुझाव दिएका हुन् ।

सहकारी विपन्न वर्गका लागि सहारा भएको उल्लेख गर्दै उनले बचत गर्ने बानी सिकाएको सहकारीले समावेशी नेतृत्वका लागि पनि असल संस्कार सिकाउनुपर्नेमा जोड दिए ।

सहकारीको नेतृत्वमा महिलाको सहभागिता बढाउनु पर्ने भन्दै मन्त्री यादवले भने –‘सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ, यसलाई बढाइनु पर्दछ ।’

सहभागिताका आधारमा नेतृत्वमा पनि पुग्न उनले महिला सहकारीकर्मीलाई आग्रह समेत गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु