adv

दमकबाट प्रतिबन्धित लागूऔषध सहित एक जना युवा पक्राउ

दमक । झापाको दमक नगरपालिका ३ स्थित बेलडाँगी शिविरबाट ९ ग्राम ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले २३ वर्षीय राजन तामाङलाई पक्राउ गरेको हो । उनलाई शिविरबाटै १४६ वटा ससाना पोका बनाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रपक्ता वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका युवालाई जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु