adv

दमकमा गाँजा र चरेस सहित माङसेबुङका २ जना पक्राउ

झापा, ३० पुष । झापाको दमक नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित माङसेबुङका जना युवा पक्राउ परेका छन्

दमक स्थित हुम्सेदुम्से सामुदायिक जंगलमा रहेको चेकिङ पोष्टमा चेक गर्ने क्रममा गाँजा चरेस सहित उनिहरु पक्राउ परेका हुन्   पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका का ३२ बर्षीय दिपेन्द्र राई १९ बर्षीय नुवसन मुखिया रहेका छन्

आज बिहान बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ५६६२ नम्बरको मोटरसाईकल रोकीचेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी चरेस ग्राम २६० मिलिग्राम फेला परेको थियो

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरीकार्यालय दमकले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु