adv

दमकमा गाँजा र चरेस सहित माङसेबुङका २ जना पक्राउ

झापा, ३० पुष । झापाको दमक नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित माङसेबुङका २ जना युवा पक्राउ परेका छन् ।

दमक स्थित हुम्से–दुम्से सामुदायिक जंगलमा रहेको चेकिङ पोष्टमा चेक गर्ने क्रममा गाँजा र चरेस सहित उनिहरु पक्राउ परेका हुन् ।  ।पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।

आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकीचेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरीकार्यालय दमकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु