adv

पाँच दलीय गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्दै

दमक, ४ माघ ।

पाँच दलीय गठबन्धनको राजनीतिक समन्वय समिति बैठकको दृश्य ।

आज मंगलबार पाँच दलीय सत्ता गठबन्धन दलका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दैछ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न केही समयपछि बैठक बस्ने गठबन्धन स्रोतले जनाएको हो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा, संघीय संसद सुचारू गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका रणनीतिलगायत विषयहरुमा छलफल हुने स्रोतले जनाएको छ ।

सोमबार बिहान मात्रै समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

काँग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको राजनीतिक समन्वय समितिमा सत्ता गठबन्धनका ५ दलबाट ११ जना सदस्य छन् । समितिको संयोजक २–२ महिनामा फेरिने गरी दलहरुबीच सहमति भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु